पाटेबाघलाई निकुञ्जमा छाडियो
कञ्चनपुर | चैत १९, २०८१
कञ्चनपुर: बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग) को सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको हो ।
आइतबार गहुँबारीबाट सुरक्षित रुपमा उद्धार गरी ल्याएको बाघको स्वास्थ्य परीक्षण गरिएको थियो । बाघ स्वस्थ्य रहेको पाइएपछि निकुञ्ज क्षेत्रमा छाडिएको हो ।
डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायसँगको छलफलपश्चात् बाघलाई निकुञ्ज क्षेत्रमै छाड्ने निर्णय गरिएको प्रमुख ठाकुरले बताउनुभयो ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

